Rule 74
दुर्घटनाको सूचना
(१) प्रतिष्ठानमा कुनै प्रकारले दुर्घटना वा नोक्सानी भएमा अनुमतिपत्र प्राप्त व्यक्तिले अनुसूची–१४ बमोजिमको ढाँचामा विस्तृत विवरण खुलाई विद्युत निरीक्षक समक्ष पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम विवरण प्राप्त भएपछि यस्तो दुर्घटनाको कारण पत्ता लगाउन विद्युत निरीक्षकले आवश्यक निरीक्षण गर्न सक्नेछ र प्राविधिक दुष्टिकोणबाट यस्तो दुर्घटना नदोहरिन अपनाउनु पर्ने सुरक्षात्मक व्यवस्था गर्न अनुमतिपत्र प्राप्त व्यक्तिलाई आदेश दिन सक्नेछ । त्यस्तो आदेशको पालना गर्नु अनुमतिपत्र प्राप्त व्यत्तिको कर्तव्य हुनेछ ।